नेपाल पुनर्बीमाको कम्पनी सचिवमा प्रधान

0
Shares

नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनी लिमिटेडको कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले कम्पनीको मूख्य प्रबन्धक समेत रहेका प्रधानलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीले कम्पनी सचिवको रुपमा कार्य गर्दै आएको थिए । कार्यव्यस्तताका कारण उक्त जिम्मेवारी वहन गर्न समयाभाव भएपछि कम्पनी सञ्चालक समितिको बैठकले मुख्य प्रबन्धक प्रधानलाई सचिवको जिम्मेवारी दिएको हो ।

कम्पनी नियमावलीको नियम ४४ मा ‘ऐनको अधिनमा रही कम्पनी सचिव नियुक्त गरिनेछ, निजको पदावधि, सेवा, शर्त, कम्पनीको सञ्चालक समितिले तोके बमोजिम हुनेछ’ भन्ने व्यवस्था छ । सोही बमोजिम कम्पनी सचिवको जिम्मेवारी दिँदै उक्त निर्णय सम्बन्धित निकायहरुमा पठाउन कम्पनी सचिवलाई निर्देशन दिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।