नेपाल वेयर हाउजिङको आईपीओमा ११.९६ गुणा बढी आवेदन, झण्डै साढे ११ लाखले नपाउने

0
Shares

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा सर्वसाधारणबाट माग सङ्ख्याको ११.९६ गुणा बढी कित्ताको माग आवेदन परेको छ । उत्त आवेदन परेका कारण कम्पनीको आईपीओ झण्डै साढे ११ लाख आवेदकले नपाउने भएका छन् ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुन सेयर बाँडफाँडमा १ लाख १४ हजार १२५ जनाले मात्र सेयर हात पार्नेछन् । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडक अनुसार आईपीओमा कुल १२ लाख ५८ हजार ४१७ आवेदकहरुबाट खरिद माग परेको हो । यो तथ्याङ्कलाई आधार मान्दा ११ लाख ४४ हजार २९२ जनाको हात खाली हुनेछ । यद्यपी अन्तिम तथ्याङ्कमा प्रमाणिकरण संख्या केही घट्ने हुँदा सेयर नपाउने संख्या पनि स्वतः घट्नेछ ।

कम्पनीले सर्वसाधारणबाट ११ लाख ४१ हजार २५० कित्ता साधारण सेयरको बिक्री खुला गरेकोमा कम्पनीको सेयरमा मागभन्दा ११.९६ गुणा बढी १ अर्ब ३६ करोड ५० लाख १ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ५० हजार १० कित्ताको आवेदन परेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्कासन गरेको थियो। त्यसैगरी, कम्पनीले कुल निष्कासनको २ प्रतिशत अर्थात २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।