हिमालयन डिस्टीलरीको लाभांश घोषणा, ४५ प्रतिशत बिन्दुले घट्यो

0
Shares

हिमालयन डिस्टीलरीले गत आर्थिक आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १७ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ६० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरेकोमा कम्पनीको लाभांशदर ४५ प्रतिशत बिन्दुले घटेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

कम्पनीले पुस २५ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । अर्थात पुस १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

यस्तो छ कम्पनीको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2079/2080 10.00 15.00 25.00
2 2078/2079 60.00 10.00 70.00
3 2077/2078 75.00 25.00 100.00
4 2076/2077 50.00 50.00 100.00
5 2075/2076 50.00 52.63 102.63
6 2074/2075 0.00 21.05 21.05
7 2074/2075 0.00 68.42 68.42
8 2073/2074 0.00 21.05 21.05
9 2072/2073 0.00 20.00 20.00
10 2071/2072 0.00 20.00 20.00
11 2070/2071 0.00 10.52 10.52

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।