नेप्से घट्यो, एक अर्ब १९ करोडको सेयर खरिद बिक्री

0
Shares

साताको दोस्रो दिन सोमबार नेप्से ३.४२ अंकले ओरालो लागेको छ । यससँगै सूचक १८४७ दशमलव ८१ को बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर बजारमा कारोबार रकम भने बढेको छ । सोमबार १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २९२ स्क्रिप्टका ३८ लाख ९६ हजार २८७ कित्ता सेयर ४३ हजार ४२८ वटा सङ्ख्यामा खरिद बिक्री भएका हुन् ।

हिजो आइतबार २९३ स्क्रिप्टको ३४ लाख १९ हजार ७३ कित्ता सेयर ३६ हजार ९७७ पटक खरिद बिक्री हुँदा कारोबार रकम ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा २३ करोड ३२ लाख रुपैयाँले कारोबार बढेको हो ।  कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये विकास बैंक, फाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीम सामान्य बढेको छ । बाँकी सबै घटेका छन् ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ७ करोड ७ लाख, सिटिजन लाइफको ५ करोड २५ लाख, सानिमा जिआईसी इन्स्योरेन्सको ५ करोड १९ लाख, शिवम सिमेन्टसको ४ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार समाज लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०६ प्रतिशतले बढेर १२२ रुपैयाँ पुगेको छ । यसैगरी ८.५०% एनएमबि डिबेन्चर २०८७।८८ को ५.९८ प्रतिशत, तेह्रथुम पावर कम्पनीको ५.८८, मोलुङ हाइड्रोपावरको ४.९३ प्रतिशत र हिमालयन हाइड्रोपावरको सेयर मूल्य ४.५० प्रतिशतले उकालो लागेको छ ।

उता संस्थापक सेयर साधारण सरह कारोबार हुने भएपछि एनआरएन इन्फ्रास्टक्चरको सेयरमा दोस्रो दिन नकारात्मक सर्किट लागेर मूल्य घटेको छ । कम्पनीको सेयर ९.९९ प्रतिशत घटेर ३११ रुपैयाँ ७० पैसामा झरेको हो । यस्तै माउन्टेन इनर्जीको ९.९९ प्रतिशत, १०.२५% एसबिएल डिबेन्चर २०८३ को ५.८७ प्रतिशत, इङ्वा हाइड्रोपावरको सेयर मुलय ५.५१ प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेडको ४.११ प्रतिशतले घटेको छ ।

सोमबारको गिरावटपछि समग्र बजार पुँजीकरण २८ खर्ब ४९ अर्ब २ करोड २६ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा बजार पुँजीकरण ५ अर्ब २७ करोड ५५ लाख रुपैयाँले घटेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।