एभरेष्ट बैंकले एक अर्बको ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डमा आवेदन

0
Shares

एभरेष्ट बैंक एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीको अनुमति लिन धितोपत्र बोर्ड पुगेको छ । ७ बर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले ७ वर्षे अवधिको एक अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो।

कुल १० लाख कित्तामध्ये बैंकले ४० करोड रुपैयाँबराबरको ४ लाख इकाई सर्वसाधारणलाई तथा ६० करोड रुपैयाँ बराबरको ६ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा बैंकहरुको स्रोत परिचालन कमजोर हुन नदिन चुक्ता पूँजीको २५ प्रतिशत बराबरको ऋणपत्र अनिवार्य रुपमा जारी गर्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुरुप बैंकले ऋणपत्र जारी गर्न लागेको हो ।