‘प्रोफिट बुकिङ्ग’ले तीन दिन उकालो लागेको शेयर बजार चौथौं दिनमा घट्यो

0
Shares

शेयर बजारमा प्रोफिट बुकिङ्ग गर्न हतारिने अल्पकालीन कारोबारी हाबी हुँदा बुधबार नेप्से परिसूचकमा गिरावट देखिएको छ। धितोपत्र बोर्डमा नयाँ अध्यक्षको आगमन तथा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता भएपछि उकालो लागेको बजार सूचक बिक्रीचाप बढेपछि पुन ओरालो लागेको हो।

यसै हप्ताको तीन दिन सूचतक बढ्दा नेप्से ५०.५८ अंकले बढेको थियो। सोही मौका छोपेर मुनाफा भएका स्टकका स्क्रिप्ट बिक्री चाप बढ्दा पुस २३ गते नेप्से ७.३२ अंकले करेक्शन भई १ हजार २०९ दशमलव ६० अंकमा बन्द भएको छ।

यस्तै अमेरिका र इराकबीच बढ्दो तनाबका बीच विश्व शेयर बजारसँगै नेपाली शेयर बजारका लगानीकर्ताको पनि आत्मबल कमजोर बन्न पुगेको छ। ठूला अर्थतन्त्र भएका तीन र अमेरिका बीचको ब्यापारयुद्ध समाप्त नहुँदै इरानले बुधबार इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि विश्व बजारमा सुन र तेलको मूल्य बढेको छ। यसले पनि बजारमा केही प्रभाव परेको छ। इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्यापछि ईरानले अमेरिकामाथि प्रतिकात्मक हमला सुरु गरेको हो।

बुधबार १७२ कम्पनीका २१ लाख ८५ हजार ३९७ कित्ता शेयर १० हजार ३५ पटक खरीद बिक्री हुँदा ७३ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यो रकम अघिल्लो दिन मंगलबारको तुलनामा ३७ करोडले कारोबार रकम घटेको हो। मंगलबार माछापुच्छ्रे बैंकको म्याचिङ्ग कारोबारले कारोबार एक अर्ब १० करोड नाघेको थियो।

यसदिन कारोबारमा आएका १२ उपसमूहमध्ये म्युचुअल फण्ड, लघुवित्त, अन्य, वित्त, र उत्पादनका सूचक बढेका छन् भने ७ उपसमूह बैंकिङ्ग, व्यापार, निर्जीवन बीमा, होटल, विकास बैंक, जलविद्युत, र जीबन बीमा उपसमूहको परिसूचक यस दिन घटेको छ।

 

बुधबार वोमी माइक्रोफाइनान्सको सबैभन्दा धेरै ७ करोड १५ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । एनआईसी एशिया बैंकको ४ करोड बढीको शेयर कारोबार भएको बजारमा माछापुच्छ्रे बैंक, डिप्रोब्स लघुवित्त, प्रभु बैंक, नेपाल लाईफ, एनएमबि बैंक, नेपाल बैंक, नबिल बैंक र एभरेष्ट बैंकको शिर्ष दश ठूलो कारोबार भएको छ ।

यसदिन समता माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्सको शेयरमूल्य बढेर सर्किट लाग्दा रिलमयन्स लाईफ, माउन्टेन हाइड्रो, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, सिभिल लघुवित्त, मिथिला लघुवित्त, एनआईबिएल समृद्धि फण्डको इकाई र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य बढेको छ ।

उता बुधबारै ५ प्रतिशत बोनसमा शेयरमूल्य समायोजन भएको लुम्बनी विकास बैंकको शेयरमूल्य उच्च घटेको छ । बैंकको १५ प्रतिशत नगद लाभांशमा शेयरमूल्य समायोजन नभएका कारण नेप्सेमा ७.३५ प्रतिशतले घटेर १८० रुपैयाँ मा झरेको हो। अरुण काबेली युनियन हाइड्रो, नेशनल माइक्रोफाइनान्स र सनराइज बैंक, र प्रभु बैंकको शेयरमूल्य ३ प्रतिशतले अवमूल्यन भएको छ।