स्वाभिमान लघुवित्तको शुक्रबार बुकक्लोज, भोलिसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभाका लागि पुस २५ गते शुक्रबार शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ।  यसअनुसार पुस २४ गते बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र माघ १० गते आह्वान गरेको साधारण सभामा सहभागि हुन, मतदान गर्न र गत आवको मुनाफाबाट प्रस्तावित २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश पाउनेछन्।

बुटवलको डार्सिज इन्टरनेशनल होटलमा माघ १० गते बिहान ११ बजे आह्वान गरेको साधारण सभाबाट लघुवित्तले २४ प्रतिशत बोनस पश्चात कायम हुने पूँजीको ३३.३३ प्रतिशत अर्थात ३ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गराउँदैछ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ भने हकप्रद जारी गर्दा १० करोड २२ लाख ७४ हजार हुनेछ।

यस्तै तेस्रो वार्षिक साधारण सभाले मर्जर तथा प्राप्ती र सर्वसाधारण २ जना र १ जना स्वतन्त्र गरि ३ जना सञ्चालको निर्वाचन गर्ने र प्रस्ताव पनि पारित गर्नेछ।