नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त

0
Shares

नेपाल इन्स्योरेन्सको सञ्चालक समिति सदस्य पदमा सजल मास्के नियुक्त भएकी छिन् । एशियन लाइफको नेतृत्व गर्दै उनी मङ्सिर १९ गतेददेखि कम्पनीमा सञ्चालक बनेकी हुन् ।

नेपाल इन्स्योरेन्समा आइएमई समूहको प्रतिनिधित्व गर्दै आएका दिवाकर पौडेलको सञ्चालक समितिबाट बिदाईसँगै सञ्चालक पद रिक्त रहेको थियो । आइएमई समूहले विनिवेश गरेको २१ लाख ५७ हजार ६१५ कित्ता (१५ प्रतिशत) संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको थियो । सोही अनुसार एशियन लाइफबाट मास्केले नेपाल इन्स्योरेन्समा प्रतिनिधित्व गरेकी हुन् ।

एशियन लाइफ इन्स्योरेन्समा सञ्चालक रहेकी मास्केले नेपाल इन्स्योरेन्स आउने भएपछि राजीनामा दिएकी थिइन् । २०७८ साउन ३१ गतेदेखि सञ्चालक रहेकी उनको राजीनामा मङ्सिर १८ गते सोमबार मात्र स्वीकृत भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।