स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभाश वितरण प्रयोजनार्थ मंसिर २२ गते शुक्रबार बुकक्लोज तोकेसँगै बिहीबार लघुवित्तको मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार कम्पनीको १२.३५९९ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ६४० रुपैयाँ ८९ पैसा तोकेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ७२० रुपैयाँ १० पैसामा अन्तिम पटक कारोबार भएको थियो ।

लाभांश पारित गर्न लघुवित्तले पुस ४ गते अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्ग, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा डाकेको छ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको १२.३६ प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।