सेबोन अध्यक्ष हमालले गरे माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन

0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बिहीबार माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन गरेका छन् ।

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक कार्यक्रमकाबीच मंसिर २१ गते बिहीबार सेबोन अध्यक्ष हमालले उद्घाटन गरेका हुन् । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको काठमाण्डौँको कार्यालय जमलस्थित नेपाल चेम्वर भवनमा रहनेछ ।

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्र्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा माछापुच्छ्र्रे सेक्युरिटिज लिमिटेडलाई स्वागत गर्दै लगानिकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउँदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे । साथै सोही कार्यक्रममा बोल्दै बैंकका पूर्व अध्यक्ष एंव गैर आवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले माछापुच्छ्रे बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरुको पूर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शी र विश्वसनिय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्र्रे सेक्युरिटिज लिमिटेडले आफूलाई उभ्याउन सकोस भन्ने शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरु, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।