व्यक्तिगत प्यान नम्बर लिनेको संख्या ७५ प्रतिशतले बढ्यो

0
Shares

चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा व्यक्तीगत स्थायी नम्बर लिने करदाताको संख्या ७ लाख ५२ हजार ३ सय ६४ ले बढेको छ । गत असारको तुलनामा व्यक्तिगत रुपमा प्यान नम्बर लिने करदाताको संख्या ७५.८ प्रतिशतले बढेको हो ।

गत असारसम्म व्यक्तीगत स्थायी नम्बर लिने करदाताको संख्या ९ लाख ९३ हजार ८० रहेको थियो । यस अवधिमा व्यवसायिक रुपमा प्यान लिनेको संख्या एक लाख ३४ हजार ३०२ ले थप भएको छ । गत असारको तुलनामा यो संख्या ११.४ प्रतिशतले बढी हो । गत असारसम्म व्यवसायिक रुपमा प्यान लिनेको संख्या ११ लाख ७८ हजार ३८३ थियो ।

कुनै पनि व्यापार व्यवसाय संचालनका गर्नका लागि आवश्यक पूँजी जुटाउन कर चुक्ताको प्रमाणपत्र बुझाउनुपर्ने अनिवर्या व्यवस्थाले पछिल्लो दिनहरुमा प्यान नम्बर लिनेको संख्यामा वढोत्तरी आएको हो।

चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ८ लाख ८८ हजार ८०७ ले बढेको छ । गत असारको तुलनामा प्यान लिने करदाताको संख्या ४०.९ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०७६ असारसम्म स्थायी लेखा नम्बर लिने करदाताहरुको संख्या २१ लाख ७२ हजार २०० रहेकोमा २०७६ मंसिर मसान्तसम्म यस्तो संख्या बढेर ३० लाख ६१ हजार ७ पुगेको छ ।

२०७६ मंसिर सम्म मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता भएका करदाताको संख्या २ लाख ४४ हजार ६४ पुगेको छ । चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा ३० हजार २ सय ९४ यस्ता करदाता थपिएका छन् ।

२०७६ मंसिरसम्म अन्तस् शुल्कमा दर्ता हने करदाताको संख्या ९४ हजार १९९ पगुेको छ। चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा १६ हजार ७८५ यस्ता करदाता थपिएको अर्थमन्त्रालयले जनाएको छ ।