चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा, साधारण सभा कहिले ?

0
Shares

चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७९–८० बाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मङ्सिर २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार २७६ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार २०४ रुपैयाँ पुग्नेछ ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित कम्पनीको लाभांश साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले लाभांश वितरणका लागि पुस २० गते साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते आइतबार एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार पुस ५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।