नेपाल इन्स्योरेन्सले घोषणा गर्यो बोनस र नगद लाभांश

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश (बोनस र नगद) घोषणा गरेको छ। पुस २३ गते बुधबार बसेको सञ्चालक समितिको १३ औं बैठकले सो लाभांश प्रस्ताव गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँको ५ प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजन सहित २.८९ प्रतिशत नगद लाभांश समेत गरि कूल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअनुसार कम्पनीले ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैया बोनस र ३ करोड १७ लाख १२ हजार ८०३ रुपैयाँ ५३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित ५ प्रतिशत बोनस वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब १२५ करोड ०३ लाख १३ हजार रुपैयाँ कायम हुनेछ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात इन्स्योरेन्सको आगामी वािर्षक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ। इन्स्योरेन्सले गत आव २०७५,७५ को चौंथौ त्रैमाससम्ममा २३ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएर १७ रुपैयाँ ७२ पैसा कायम गरेको थियो। 

नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट भने शेयरधनीलाई ७.५० प्रतिशत बोनस मात्र वितरण गरेको थियो।