बिहीबार लाभांश पारित गर्ने यी हुन् पाँच कम्पनी

0
Shares

पुस २४ गते बिहीबार (आज) एनएमबि बैंक, सोल्टी होटल, बुटवल पावर कम्पनी, जानकी फाइनान्स र युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गर्दैछन्।

सबै कम्पनीले बिहीबार साधारण सभा सम्पन्न गरेर गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदन गराउँदैछन्। सञ्चालक समितिले प्रस्ताव गर्ने लाभांश नियामक निकायको स्वीकृती र साधारण सभाबाट अनुमोदन गराएर मात्र शेयरधनीलाई वितरण गर्नुपर्ने हुन्छ।

एनएमबि बैंकको २४ औं वार्षिक स्टाफ कलेज जावलाखेल, ललितपुरमा साधारण सभा जारी छ । बिहान १० बजे शुरु भएको साधारण सभाबाट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश अनुमोदन गर्दैछ। उक्त लाभांश पुस ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन्।

सोल्टी होटलको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ११.३१५ प्रतिशत नगद लाभांश गरि कूल २६.३२ प्रतिशत लाभांश बिहीबारै अनुमोदन हुँदैछ। लाभांश अनुमोदनका लागि नेपाल प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजे कम्पनीको ४५ औं वार्षिक साधारण सभा शुरु भैसकेको छ। उक्त लाभांश मंसिर २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन्।

यसैगरि बुटवल पावर कम्पनीको १८ प्रतिशत लाभांश पारित गर्न कार्की ब्याङ्क्वेट, बबरमहलमा बिहान ११ बजे २७ औं वार्षिक साधारण सभा शुरु भएको छ। कम्पनीले १० प्रतिशत बोनस र बोनसमा लाग्ने करका सहित १८ प्रतिशत नगद गरि कूल २८ प्रतिशत लाभांश पारित गर्दैछ। उक्त लाभांश पुस ८ गतेसम्म कायम शेयरधनीहरुले पाउनेछन्।

जानकी फाइनान्सले पनि चुक्ता पूँजीका २३.१६ प्रतिशत लाभांश अनुमोदन गर्दैछ। उक्त लाभांश पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन्। फाइनान्सको २३ औं वार्षिक साधारण सभा होटल मानकी इन्टरनेशनल, शिवचोक, जनकपुरधाममा बिहान १० बजेदेखि शुरु भएको छ।

युनाइटेड मोदीको छैटौं वार्षिक साधारण सभा पनि आजै रहेको छ । युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा बिहान ११ बजे शुरु भएको सो सभाले चुक्ता पूँजीको ८.४२१ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। उक्त लाभांश पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन्।