शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

0
Shares

‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मुल नाराका साथ शौर्य सिमेन्टको आयोजना आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ ।

मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढि आबेदन परेको थियो जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनौट गरिएको थियो । छनौट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योग को परिसर स्थित हलमा क्यानभासमा दिइएको बिषय बस्तु अनुसार चित्र बनाउन लगाइएको थियो ।

उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ ।
तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गते सम्म चल्नेछ । यस प्रतियोगितामा प्रथम हुनेलाइ ७५ हजार, दुतिय हुनेलाइ ५० हजार, तृतिय हुनेलाइ २५ हजार र बाकि १२ जनालाइ ५/५ हजार नगद प्रदान गरिने छ ।

उक्त कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका संचालक श्याम सुन्दर यादब र सुनैना आर्ट ग्यालरी का सुनैना ठाकुर रहनु भएको छ । आफनो समाजिक उतरदायित्व अन्तर्गत शौर्य सिमेन्ट इन्डस्ट्रीजले गरेको यो कार्यक्रमको चौतर्फि प्रसंशा भैरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।