असल श्रम सम्बन्ध विकासमा रोजगारदाता र ट्रेड यूनियन बीच सहकार्य हुने

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड यूनियन महासंघहरुको प्रतिनिधित्व गर्ने संस्था संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र बीच मंसीर २४ गते एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुुवै संस्था बीच आपसी सम्बन्ध सुमधुर बनाउंदै आपसी सहयोग र सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा महासंघकातर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र केन्द्रकातर्फबाट केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ र महासचिव चिरागमान कुवंरले हस्ताक्षर गरे ।

रोजगारदाता र श्रमिक बीच असल श्रम सम्बन्धको विकास गर्ने, आपसी सहयोग, उत्पादकत्व वृद्धि, श्रमको सुधार एवं समग्र आर्थिक विकासमा सहकार्य गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात संवोधन गर्दै महासंघका अध्यक्ष ढकालले रोजगारदाता र ट्रेड यूनियन बीचको सम्बन्ध सुधारलाई आफूले निकै महत्व दिदै आएको प्रसङ्ग उल्लेख गर्दै यो सम्झौता आपसी सम्बन्ध विस्तारमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष श्रेष्ठले श्रम सम्बन्ध सुधार र मुलुकको समृद्धिका लागि रोजगारदाता र ट्रेड यूनियनले संयुक्त रुपमा मिलेर अगाडी बढने प्रक्रियाका लागि साझेदारीपत्रमा हस्ताक्षर गरिएको धारणा राखे।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।