अरुण काबेली पावरको १ करोड ८५ लाख कित्ता हकप्रद सूचीकृत

0
Shares

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

कम्पनीले १ः१ अनुपातको उक्त हकप्रद सेयर नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको बिक्री प्रबन्धकमा २०८० भदौ ११ गते देखि भदौ ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद सेयरका लागि कम्पनीले २०८० असार २५ गते बुकक्लोज गरेकाले असार २४ गतेसम्म कायम लगानीकर्ताले मात्र हकप्रद सेयरमा आवेदन गर्न पाएका थिए । कम्पनीको २०७८ भदौ २६ गते सम्पन्न साधारण सभाबाट हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।

अब उक्त हकप्रद सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।