नेपाल वेयर हाउजिङ्गको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

0
Shares

नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटललाई नियुक्त भएको छ । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार हिमालयन क्यापिटल कम्पनीको सेयर रजिष्ट्रार नियुक्त भएको हो ।

सेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी लगायत कार्यहरू हिमालयन क्यापिटल लिमिटेड, ठमेल, काठमाडौंबाट हुनेछ ।

वेयर हाउजिङ्ग कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रिया मार्फत मङ्सिर २० गते बुधबार बाँडफाँड भएको थियो । आईपीओ बाँडफाँडमा १ लाख १४ हजार १२५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको सेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेपाल स्टक एक्सचेञज (नेप्से) मा सूचीकरण प्रकृयामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।