सयपत्री हाइड्रोपावरले लाभांश नदिने

0
Shares

सयपत्री हाइड्रोपावरले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले लाभांश प्रस्ताव बाहेक अन्य प्रस्तावहरु राखेर पुस २१ गते कम्पनीको सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

मङ्सिर २६ गते सम्पन्न सञ्चालक समितिको ७० औं बैठकले पुस २१ गते शनिबार बिहान ८ बजे ज्योति बैंक्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट, मैजुबाल, कुमारीगाल, काठमाण्डौ सभा डाकेको हो ।

सातौं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७९—८० को सञ्चालक समितिको प्रतिवेदनपारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण गर्न लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्तावहरु पारित हुनेछ ।

कम्पनीको २०८० पुस २१ गते आह्वान गरेको सातौं वार्षिक साधारण सभा प्रयोजनार्थ पुस ९ गते एक दिन सेयरधनी दर्ता किताब बन्द रहनेछ । बुकक्लोज अनुसार पुस ८ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र सभामा भाग लिन पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।