मध्य भोटेकोशी जलविद्युतको साधारण सभा आह्वान

0
Shares

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंठकले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । कम्पनीको विद्युत उत्पादन सुरु नभइसकेकाले लगानीकर्तालाई लाभांश वितरण गर्नसक्ने अवस्था छैन ।कम्पनीले २०७८ असोज २० देखि २५ गतेसम्म सर्वसाधारणलाई ८१ लाख ९० हजार कित्ता आईपीओ बिक्री गरी कार्तिक १२ गते बाँडफाँड गरेको थियो ।

सिन्धुपाल्चोकको भोटेकोशी र बाह्रविसे नगरपालिका भएर बग्ने भोटकोशी नदीको जलप्रवाहको उपयोग गरी १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको चरणमा रहेकाले आम्दानी भएको छैन । गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ३ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने जानकारी दिएको छ । बुकक्लोज अनुसार पुस १६ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनी मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता २८७ रुपैयाँ हाराहारीमा खरिद बिक्री भैरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।