सिभिल लघुवित्तले हकप्रदबाट पूँजी बढाउने, बोनसले पाउने नपाउने निर्णय पछि मात्रै टुङ्गो लाग्ने

0
Shares

सिभिल लघुवित्त वित्तिय संस्थाले हकप्रद जारी गरेर पूँजी वृद्धि गर्ने भएको छ। लघुवित्तले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्नका लागि नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको हो।

लघुवित्त कम्पनीले १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता शेयर बिक्रीका लागि बोर्डसँग पुस १३ गते अनुमति मागेको हो। हकप्रदमा बिक्रीका लागि सेञ्चुरी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ।

हाल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सिभिल लघुवित्तको हकप्रद निष्काशन पश्चात २२ करोड ८२ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०७५।७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपनि हालसम्म साधारण सभा आह्वान गरिसकेको छैन।

हकप्रद निष्काशन प्रकृयामा गई बोर्डबाट पारित हुन समय लागेको खण्डमा भने गत आवको बोनस पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर एक अनुपातमा लघुवित्तले निष्काशन हुने हकप्रद संसोधन गरि हकप्रद निष्काशन हुने भएकाले बोनसले समेत हकप्रद प्राप्त गर्नसक्ने सम्भावना रहन्छ।

लघुवित्तले बोनस सूचीकरणमा ढिलाई भएर बोर्डबाट आवेदन छिटो स्वीकृत भएको खण्डमा भने बोनसअघि कायम चुक्ता पूँजीकै एक बराबर अनुपातमा हकप्रद निष्काशनमा आउनेछ