ट्रंकलाइन तथा डेडिकेटेड फिडरको विवाद समाधान गर्न समिति गठन

0
Shares

सरकारले ट्रंकलाइन तथा डेडेकेटेड फिडरको समस्या अध्ययन तथा समाधान गर्नका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषदको बैठकले यो साता गरेका निर्णयहरु सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका हुन्।

सरकारले विद्युत उपभोक्ता उद्योगी व्यवासयी र विद्युत प्राधिकरणबीच देखिएको विवाद लगायतका समस्या समाधानका लागि उर्जा, जलस्रोत तथा सिचाईमन्त्री, उद्योग वाणिज्य तथा आपूीर्तमन्त्री र अर्थमन्त्रीको आवश्यक समन्वयमा १५ दिनभित्र अध्ययन गरी सुझाब सिफारिस गर्न समितिलाई निर्देशन समेत दिएको छ ।

ऊर्जा मन्त्रालयका सचिवको संयोजनकत्वमा गठित समितिमा उद्योग वाणिज्य तथा आपूीर्त र अर्थ मन्त्रालयका सचिव सदस्य रहेका छन् ।

त्यस्तै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक र उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका सहसचिव सदस्य सचिव रहने गरी समिति गठन गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।