अप्पर स्याङ्गे र आँखुखोला जलविद्युतको साधारण सभा आह्वान

0
Shares

अप्पर स्याङ्गे हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेका छन् । अप्पर स्याङ्गेले पुस १७ गते सातौं वार्षिक साधारण सभा र आँखुखोलाले पुस २० गते वार्षिक साधारण सभा गर्ने भएको हो ।

अप्पर स्याङ्गेको सभा कुण्डलिनी दरबार ब्याक्वेट चप्पल कारखाना चोक काठमाडौंमा पुस १७ गते बिहान ११ बजे र आँखुखोलाको सभा बैभवी पार्टी प्यालेस, मैतीदेवीमा पुस २० गते शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने छ । दुबै कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेका छैनन् ।

अप्पर स्याङ्गेको सभाले आर्थिक वर्ष २०७९—८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको पनि निर्वाचन गर्नेछ ।

उता आँखुखोलाको सभामा आव २०७९।८० को नाफा नोक्सानसम्बन्धी छलफल, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि अप्पर स्याङ्गेले पुस २ गते सोमबार र आँखुखोलाले पुस १ गते आइतबार बुकक्लोज गर्ने जानकारी दिएको छ । बुकक्लोजको आधारमा बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।