मकर जितुमायाको साधारण सभा पुस २३ गते, सञ्चालक निर्वाचित हुने

0
Shares

मकर जितमाया सुरी हाईड्रोपावर लिमिटेडले पुस २३ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विहान ११ बजे सुर्य इभेन्ट, धुम्बाराही, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारण तर्फको सञ्चालक निर्वाचन गर्ने तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

यस्तै गत आर्थिक वर्ष २०७९—८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २ गते सोमबार एक दिन बुकक्लोज जनाएको छ । बुकक्लोजको आधारमा पुस १ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयधरनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।