प्रभु क्यापिटलका ग्राहकलाई क्रिमसन हस्पिटलमा २५% सम्म छुट

0
Shares

प्रभु क्यापिटल लिमिटेडका हितग्राही ग्राहकले क्रिमसन हस्पिटलमा उपचारक्रममा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्‌ । आफ्ना ग्राहकले २ वर्षसम्म छुट पाउनेगरी सम्झौता भएको प्रभु क्यापिटलले जानकारी दिएको छ ।

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् । कम्पनीका अनुसार सम्झौता अनुसारको छुट पुस १ देखि लागू हुनेछ ।

सम्झौता बमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरुले तिलोत्तमा नगरपालिका, मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिँदा हस्पिटलले दिँदै आएको सबै प्रकारको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् ।

प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन्‌ । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।