नक्कली भ्याट बिलबाट २१ करोड राजश्व छल्ने गिरी विरुद्ध मुद्दा दायर

0
Shares

राजश्व अनुसन्धान विभागले जिल्ला अदालतमा काठमाण्डौंमा २१ करोड १८ लाख विगो कायम गरी प्रकाशराज गिरी विरुद्ध पुस २४ गते बिहीबार मुद्दा दायर गरेको छ।

काठमाण्डौ महानगरपालिका वडा नं. ७ बस्ने स्थायी लेखा नं. ३०४२०६३६२) को यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स/युनिभर्सल प्रिन्टिङ्ग प्रेस/युनिभर्सल निर्माण सेवाका प्रोपाइटर गिरीले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरी राजस्व छलि गरेको भेठिप्छि विभागले राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

विभागले २१ करोड १८ लाख विगो कायम गरि विगोको दोब्बरसम्म जरिवाना तथा ३ वर्षसम्म कैद मागदाबी माग गर्दै पुस २४ गते मुद्दा दर्ता गरिएको छ।

गिरीको फर्मले वस्तु तथा सेवा खरीद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम असुल उपर गराउन माग गरिएको छ ।

विभागका अनुसार गिरीको फर्मले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी मुल्य अभिवृद्धि तर्फ ६ करोड ६१ हजार ८८१ रुपैयाँ र आयकर तर्फ १५ करोड १७ लाख ८६ हजार राजश्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ १) बमोजिम प्रकृया अगाडि बढाइएको जनाइएको छ।