धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाको पहिलो प्राथमिकतामा ‘पेण्डिङ’ काम

0
Shares

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुङगानाले शुक्रबार शपथ तथा पदभार ग्रहण गर्ने भएका छन् । बोर्डको अध्यक्षमा नियुक्त भएसंगै ढुङगानाले विगतका बाँकी रहेका कामलाई पहिलो प्राथमिकतामा राखेर पुरा गर्ने बताएका छन्।

गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा ढुंङगानालाइ आगामी चार बर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। नेपाल धितोपत्र बोर्डकै विज्ञ सदस्य रहेका ढुंङगाना स्टक एक्सचेन्ज (नेप्से) को पनि सञ्चालक समितिमा रहेर काम गरीसकेका छन् ।

धितोपत्र बजारमा प्रत्यक्ष रुपमा संलग्न ढुंङगानाले धितोपत्र बजारको दायरा विस्तार गरेर फराकिलो बनाउन आवश्यक रहेको बताए। “धितोपत्र बजारका मूख्य चुनौती भनेका बजारमा व्यवसायिकता वढाउने, धितोपत्र बजारमा प्रविधिको प्रयोग वढाउने, संस्थागत सुशासन कायम गर्ने तथा धितोपत्र सम्बन्धी ऐन तथा नियमहरुलाई समय सापेक्ष बनाउनु लगायत छन,” उनले भने । शेयर बजारको स्थायीत्वका लागि हालका चुनौतिहरुलाई समाधान गर्न योजनावद्ध रुपमा काम गर्ने उनी बताउछन् ।

आगामी चार बर्षका लागि बोर्डको अध्यक्ष नियुक्त भएका ढुङगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन् । राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका थिए । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका ढुंगानाले युके बाट फाइनान्समा एमबिए गरेका छन् ।