एनसीसी बैंकको साधारण सभा आह्वान, लाभांश अनुमोदन र मर्जर/प्राप्ती विशेष प्रस्ताव

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले माघ १७ गते २२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सभा बोलाएको हो।

साधारण सभामा बैंक सञ्चालक समतिबाट गत आवको मुनाफाबाट प्रस्तावित चुक्ता पूँजीको १५ प्रतिशत बोनस (एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ) र बोनसको कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश ( ६ करोड ४२ लाख १४ हजार ५३३ रुपैयाँ) अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

यसैगरि एनसीसी बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जर तथा प्राप्ती तथा वैदेशिक रणनीतिक साझेदारीमा जानआवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ।

यस्तै एक महिला सञ्चालक निर्वाचन गर्ने, लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आव २०७५/७६ को वासलात, नाफा नोक्सान, नगद प्रवाह र वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने प्रस्तावहरु पनि साधारण सभामा रहेका छन्।

बैंकले माघ ७ गते बुकक्लोज मिति तोकेकाले बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।