धितोपत्र बजारमा थपियो साढे १ करोड कित्ता बोनस

0
Shares

धितोपत्र बजारमा यस साता चार कम्पनीको कूल एक करोड ४६ लाख ८३ हजार १७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

ग्लोबल आईएमई बैंक, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, अपि पावर र जनउत्थान लघुवित्तको गरि सो परिमाणमा शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सूचीकृत शेयरमध्ये ग्लोबल आईएमई बैंकको १२.७५ प्रतिशत, नेशनल लाईफ इन्स्योरेन्सको २.५० प्रतिशत, अपि पावरको ५ प्रतिशत र जनउत्थान लघुवित्तलको २० प्रतिशत बोनस रहेको छ । ग्लोबल आईएमई बैंकको गत आवको र अन्य तीन कम्पनीको अघिल्लो आव २०७४/७५ को मुनाफाबाट वितरण गरेको बोनस सूचीकरण भएको हो।

सूचीकृत भएको सबै कम्पनीको बोनस सम्बन्धित कम्पनीले साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन्।