दोर्दी खोला जलविद्युतले हकप्रद निष्काशन गर्ने, साधारण सभा आह्वान

0
Shares

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले विद्यमान सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

हिमशिखर पार्टी भेन्यू, चापागाउँमा पुस २९ गते, आइतबार बिहान साढे ८ बजे डाकिएको साधारण सभाले हकप्रद जारी गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते आइतबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १२ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।