बोर्डले नेतृत्व पाएपछि उफ्रियो शेयर बजार, अर्थमन्त्रीको अन्तर्वाताले उर्जा

0
Shares

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएपछि शेयर बजारमा लगातार सुधार देखिएको छ । बजार सुधारका लागि विगतमा रहेका पेण्डिङ कामहरुले गति लिने विस्वास लगानीकर्तामा जाग्दा शेयर बजारमा बृद्धि देखिएको हो ।

यता बैकिङ प्रणालीमा तरलता सहज  भएकाले पनि शेयर बजार उकास्न टेवा पुगेको छ । अर्कातर्फ पुस मसान्त लगभग सकिँदै गर्दा कर र किस्ताको झन्झट समेत हटेकाले पनि शेयरको माग बढेको हो ।

शनिबार मात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले राससमा दिएको अन्तर्वातामा शेयर बजारले गति लिएको बताएका थिए । उनले बैंकमा तरलता भएकाले शेयर बजारमा उत्साह थपिएको बताउँदै हल्लाको भरमा नभई जानेर, बुझेर, विज्ञसँग सरसल्लाह गरेर लगानी गर्न सुझाब समेत दिएका थिए ।

शेयरमा लगानी गरेका लगानीकर्तालाई छिटोछिटो चलायमान बनाउन शेयरको लगानीलाई दुई दिनमा फुकुवा गर्न तथा ब्रोकर सेवा बढाउनुपर्छ। बैंकलाई पनि कारोबारमा लैजाने, शेयर कारोबारलाई काठमाडौं बाहिर लैजाने तथा आम नागरिकलाई सचेत गराउँदै शेयर बजार वित्तीय उपकरण हो भन्ने सन्देश दिनुपर्ने सुझाब उनको अन्तर्वातामा थियो ।

शेयर बजारमा पहुँच विस्तारका लागि दुई दिनमा लगानी फुकुवा र ब्रोकर सेवा बढाउनुपर्छ: अर्थमन्त्री

साथै उनले गैरआवासीय नेपालीलाई शेयर बजारमा भित्रयाउने, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषजस्ता संस्थालाई पनि शेयर बजारमा परिचालन गर्न सकिने अभिव्यक्ती दिएका थिए । अर्थमन्त्रीको शेयर बजारप्रति सकारात्मक अन्तर्वाता आएकाले पनि लगानीकर्तामा थप मनोबल बढेको हो ।

आइतबार बजार खुलेको दुई घण्टाको अवधिमा नेप्से करिब २९ अंकले बढेर १२४१ नाघेको छ । यस अवधिमा १६५ कम्पनीको करिब १४ लाख कित्ता शेयर ५२ करोड ५८ लाख मा खरिद बिक्री भएको छ ।

अधिकासं समूहको सूचक बढेको बजारमा दश कम्पनीको शेयर मूल्यमा सकात्मक सर्किट लागेको छ । ती मध्ये अधिकांस नीर्जीवन बीमा र लघुवित्त रहेका छन् । बोर्ड अध्यक्ष नियुत्त भए यता नै नेप्से ६० अंंक उक्लिएको छ ।