कुथली बुखरी हाइड्रोपावरले लाभांश नदिने

0
Shares

कुथली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले बिना लाभांश साधारण सभा आह्वान गरेको हो ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले पुस २७ गते शुक्रबार आह्वान गरेको १२ आंै वार्षिक साधारण सभाबाट कम्पनीले नयाँ आयोजनाहरुको पहिचान गरि लगानी गर्ने तथा अरु कम्पनीबाट समेत प्रबंधन भई विकाश निर्माण भइरहेका जलविद्युत आयोजनाहरुमा लगानी गर्ने सम्बन्धमा निर्णय गर्ने भएको छ ।

यस्तै सर्वसाधारण समुहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिको गठन गर्ने सम्बन्धमा समेत निर्णय गर्नेछ ।

यसैगरी कम्पनीको १२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७९–८० को वार्षिक प्रतिवेदनको प्रस्तुति र सोको अनुमोदन गर्ने, लेखापरीक्षण प्रतिवेदन २०७९–८० को वार्षिक आर्थिक विवरण अन्तर्गत २०७९ साउन १ देखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरुलाई छलफल गरी अनुमोदन गर्ने छ ।

यसैगरी सर्वसाधारण समुहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिको गठन गर्ने सम्बन्धमा समेत निर्णय गर्नेछ । साथै सभाले २०८०–८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा हालका लेखापरीक्षक श्री ई आर सिग्देल एण्ड एसोसियट्स चाटंडं एकाउन्टेन्ट्स पुःन नियुक्तिका लागी चयन गर्नेछ ।

कम्पनीले पुस २७ गते जर्मन होम्स हस्पिटालिटी प्रालि गठ्ठाघरमा बिहान ११ः३० बजे साधारण सभा बोलाएको छ । साधारण सभाका लागि कम्पनीले पुस १८ गते बुधबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १७ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्तामा मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।