स्वस्तिक लघुवित्तको खुद नाफा १ लाख ४५ हजार

0
Shares

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले असोज मसान्तसम्ममा १ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा १४ लाख १८ हजार नोक्सानीमा रहेको थियो ।

ढिला गरी सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासमा कम्पनीले असोजसम्म ४३ करोड ७३ लाख सापटी र ११ करोड ७९ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरि ५० करोड ३८ लाख ७८ हजार कर्जा परिचालनबाट १३ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लाहान सिराहामा केन्द्रीय कार्याल रहेको प्रदशेस्तरीय लघुवित्त स्वस्तिक लघुवित्त वित्तीय संस्था साधारण सेयर जारी गर्ने प्रकृयामा रहेको छ । लघुवितले जारी पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन गर्ने सम्बन्धि सम्झौता गरिसकेको छ । लघुवित्तले हाल १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आईरहेको छ ।

लघुवित्तको चुक्ता पुँजी ३ करोड ४६ लाख ५० हजार छ भने जगेडा कोषमा २ करोड ३७ लाख ७९ हजार रुपैयाँ रहेको छ । असोजसम्मसम्ममा कम्पनीको निष्कृय कर्जा अनुपात २.०२ प्रतिशत छ । अघिल्लो असोजमा ४.६२ प्रतिशत थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.३२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६८.६२ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।