सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घट्यो

0
Shares

सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँले घटेको छ। आइतबार ४०० रुपैयाँले बढेको सुन सोमबार पुन २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २८ गते छापावाल सुन प्रतितोला ७४ हजार ८०० रुपैयाँमा र तेजावी सुन ७४ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ।

सुनको मूल्य घटेपनि सोमबार चाँदीको मूल्य भने स्थीर रहेको छ। चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भैरहेको छ।

अमेरिका र इरान बीचको तनावका कारण रेकर्ड कायम गरेको सुन बिहीबार एक हजार र शुक्रबार ९०० रुपैयाँ घटेको थियो। आइतबार ४०० रुपैयाँले बढेको सुन सोमबार पुन २०० ले घटेको हो।

नेपाली बजारमा सुनको मूल्य पुस २३ गते बुधबार हालसम्मकै सबै भन्दा उच्च मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँसम्म पुगेको थियो।