मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने संस्थागत परामर्श सेवा के हो ?

0
Shares

संस्थागत परामर्श सेवा भन्नाले विज्ञ तथा व्यवसायिक वित्तिय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवालाई संस्थागत परामर्श सेवा भनिन्छ ।  व्यवसायको रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्कम क्षमताको अभिवृद्धि गर्ने जस्ता आफ्नो व्यवसायको सुक्ष्म व्यवस्थापनमा सहयोगी कार्य गर्न संस्थागत परामर्शदाताको आवश्यकता/खोजी हुने गरेको पाइन्छ।

यसका साथै व्यवसायलाई आवश्यक पूजीँको उपलब्धता, लगानीकर्ताको लागि उपयुक्त व्यवसाय र व्यवसायीको खोजी साथै व्यवसायका लागि उचित मूल्यांङ्कन गर्न सक्ने लगानीकर्ताको खोजीमा समेत संस्थागत परामर्शदाताले समन्वयकारी/सहयोगी भुमिका निर्वाह गर्दछन्।

विभिन्न व्यवसायमा अन्तरनिहित जोखिमको न्यूनीकरण गर्न, जोखिम बहन गर्ने क्षमता अनुरूपको व्यवसायको विस्तार र जोखिम बहन गर्ने क्षमताको समष्टिगत अभिवृद्धिमा संस्थागत परामर्श सेवा प्रदायहरूले विशेष विज्ञता हाँसिल गरेका हुन्छन्।

वित्तीय अनुशासन, लगानीको सुनिश्चितता, जोखिमको न्यूनीकरण, विस्तृत तथा वैज्ञानिक अनुसन्धान पद्धतिमा आधारित कार्यप्रणालीले गर्दा नेपालमा पनि संस्थागत परामर्श सेवाको उपयोग व्यवसायिहरुले व्यवसायिकरुपमा बढाउँदै लगेका छन्।

नाफामुलक संस्थाले मात्र नभएर गैह्र नाफामुलक संस्थाले समेत परामर्श सेवाको उपयोग गर्न सक्दछन् । जस्तै एनजीओ तथा आइएनजीओले आफ्ना प्रस्तावना पत्र तयार गर्नु परेमा, सामाजिक मुद्दाहरूको स्थलगत अध्ययन गर्नु परेमा, गर्दै आएका कामहरू प्रभावकारी भए-नभएको अध्ययन, अनुसन्धान तथा मुल्यांङ्कन गरिदिन पनि संस्थागत परामर्शदाताको सहयोग लिने गरेको पाईन्छ ।

लगानीकर्ता, व्यक्ति तथा संस्थाहरूले लिने निर्णयमा परामर्श सेवा एउटा कोशेढुङ्गा सावित हुन सक्छ । नेपालमा हाल आएर एडभाइजरी सभिसेजको प्रयोगका बारेमा व्यवसायिक संस्थाहरू सकारात्मक हुँदै आएको पाईन्छ । हरेका व्यवसाय तथा संस्थाले वित्तिय सहकार्यका लागि वित्तिय परामर्शदाताकोे सुझाव र सल्लाह लिने गरेमा व्यवसायको प्रतिस्पर्धी लागत घट्न गई आम्दानीमा गुणात्मक वृद्धि गर्न समेत संस्थागत परामर्श सेवाले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ।

नेपालमा संस्थागत लगानी परामर्श आफैमा नौलो सुरुवात नयाँ हो । औपचारिक रूपमा धितोपत्र बोर्डबाट स्वीकृति लिएर विभिन्न मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैङ्करहरूले यो सेवा प्रदान गरिरहेका छन्।  नेपालमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले लगायत केही संस्थाले धितोपत्र बोर्डबाट अनुमति लिएर यो सेवा प्रदान गरिरहेको छ। नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले क्यापिटल मार्केट तथा इन्भेष्टमेन्ट बैंकिङ्गको दृष्टिकोणबाट आफ्नो कार्यपद्धतिलाई अगाडि बढाई रहेको छ।

नेपाल धितोपत्र बोर्ड संस्थागत परामर्शदाता कम्पनीहरूको नियमनकारी निकाय हो। ग्राहकहरूले कुनै पनि प्रकारका संस्थागत परामर्श सेवाहरू लिदाँ सेवा प्रदायक संस्था नियमन निकाय अन्तर्गत दर्ता भए नभएको यकिन गर्नुपर्ने हुन्छ।  यसले गर्दा ग्राहक वर्गमा आइ पर्ने विभिन्न जोखिमहरू न्यूनीकरण गर्न सहयोग पुग्दछ। संस्थागत परामर्श सेवा प्रदान गरे वापत ग्राहकबाट लिने सेवा शुल्क परामर्शदाता वा धितोपत्र व्यवसायी तथा सम्बन्धित ग्राहकबीच भएको सम्झौता बमोजिम हुन्छ।

स्वतन्त्र परामर्शदाताको रूपमा, छिटो, छरितो, भरपर्दो, विश्वसनीय तथा स्तरियसेवा प्रदान गर्ने अभिभारा निर्वाह गर्दै आफ्ना ग्राहक वर्गलाई आवश्यकता अनुसारको सेवाहरू प्रदान गर्ने गर्दछन्।

संस्थागत परामर्शदाता अन्तर्गत निम्न सेवाहरू ग्राहकहरुलाई प्रदान हुन्छ:-

१) संगठित संस्थाको संरचना हेरफेर
२) व्यवसायिक मुल्याङ्कन
३) व्यवसायिक योजना
४) लोन सिन्डिकेशन
५) वर्किङ क्यापिटल फाइनान्सिङ
६) भेन्चर क्यापिटल
७) प्राइभेट इक्विटी
८) सम्पत्ति व्यवस्थापन
९) मर्जर तथा एक्वीजिशन
१०ं) लगानी सम्बन्धि परामर्श
११) प्रत्यक्ष वैदेशीक लगानी सम्बन्धि परामर्श सेवा