नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त


काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

सुवेदीलाई आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार  ०६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।