नेप्सेसँगै कारोबार रकम पनि घट्यो, सोनापुर मिनरल्सको सर्वाधिक कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १.२८ प्रतिशत अर्थात २६.३६ अंक घटेको छ । गिरावटसँगै यसदिन परिसूचक २०२२ दशमलव ९२ विन्दुमा कायम भएको हो । आइतबार नेप्से घटेसँगै कारोबार रकम पनि ३४ करोड रुपैयाँले घटेर ५ अर्ब २४ करोडमा खुम्चिएको छ । बिहीबार ५ अर्ब ५८ करोड माथिको सेयर खरिद बिक्री भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स १.६२ प्रतिशत, फ्लोट इन्डेक्स १.२४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३८ प्रतिशत घटेको छ । यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जलविद्युत बाहेक सबै राताम्मे बनेका छन् । जलविद्युत परिसूचक १.०३ प्रतिशत जीवन बीमा सर्वाधिक २.४० तथा ब्यापार २.१४ प्रतिशतले घटेको छ । लघुवित्त र म्युचुअल फन्ड एक प्रतिशतभन्दा कम घट्दा बाँकी सबैको परिसूचक १ प्रतिशत बढीले ओरालो लागेको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये ५ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, धौलागिरी लघुवित्त र शतप्रतिशत हकप्रद जारी गर्न लागेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।  यसैगरी आजको बजारमा नेपाल हाइड्रो डेभलोपर्सको ९.७७ प्रतिशत, माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.७१, बिन्धबासिनी हाइड्रोपावरको ९.६१, सिनर्जी पावर डेभलपमेन्टको ८.६९ र समाज लघुवित्तको ८.१२ प्रतिशतले सेयरको भाउ बढेको छ ।

उता आजको बजारबाट मानुषी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६.६९ प्रतिशतले घटेर ७१० रुपैयाँ १० पैसामा झरेको छ। यस्तै नेपाल रिपब्लिक मिडियाको ६.४९ प्रतिशत, शुभम् पावरको ६.३३, चिरख्वा हाइड्रोपावरको ५.६३ र मेगा म्युचुअल फन्डको ५.३८ प्रतिशतले मूल्य घटेको छ ।

यस दिन ३०४ धितोपत्रको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर ९८ हजार ६३२ पटकमा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक सेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको २८ करोड ५६ हजार बराबरको ५ लाख ५७ हजार १५९ कित्ता सेयर कारोबार भएको हो । कम्पनीको सेयर मूल्य ५०८ बाट घटेर ४९८ रुपैयाँमा झरेको छ । सर्वाधिक सेयर खरीद बिक्री हुने दोस्रोमा हाथवे इन्भेष्टमेन्टको कम्पनीको १९ करोड ९४ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ । माउन्टेन इनर्जीको १५ करोड ९० लाख, एनआरएन इन्फ्रास्टक्चरको १५ करोड ६८ लाख र सिनर्जी पावरको ११ करोड ९८ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ । 

आइतबारको घटाईपछि कुल बजार पुँजीकरण ३१ खर्ब ४३ अर्ब ८८ करोड ८६ लाख ७६ हजार रुपैयाँमा समेटिएको छ । बिहीबाार ३१ खर्ब ८३ अर्ब ४१ करोड ६९ लाख रहेको थियो । आइतबार मात्रै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति ३९ अर्ब ५२ करोड ८३ लाख रुपैयाँ गुमेको हो ।

हिमालयन रिको आईपीओ नेप्सेमा सूचीकृत, सोमबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।