सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा बिच सम्झौता

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रा.लि बिच बैंकका ग्राहक बैंकका कर्मचारीहरुलाई बिभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेको छ ।सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।