विग मर्जरको लागि उपयुक्त अर्को वाणिज्य बैंक खोज्दै इन्भेष्टमेन्ट बैंक

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकको सोमबार सम्पन्न ३३ औं वार्षिक साधारण सभाले बैंक सञ्चालक समितिलाई अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्यिारी दिएको छ।

सोमबारै सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने सम्झौता गरेको थप मर्जर तथा प्राप्तीका लागि तयार देख्रिएको छ। यसअघि एस डेभलपमेन्ट बैंक र जेविल्स फाइनान्सलाई प्राप्ती गरि एकीकृत कारोबार गरिसकेको बैंक अब भने अर्को सकमक्षी बैंकसँग नै विग मर्जरमा जान चाहेको हो।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हाल वाणिज्य बैंकको संख्या धेरै रहेको भन्दै आधा घटाउनुपर्ने धारणा राखे। यस्तै उनले बैंकले खोजेजस्तो मर्जर पार्टनर पाएको खण्डमा मेगा मर्जरका लागि आफुलाई बैंक अध्यक्ष पद त्याग्न कुनै आपत्ति नहुने धारणा शेयरधनीमाझ राखे।

सोमबार सम्पन्न साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १९ प्रतिशत लाभांश (१०.५० प्रतिशत बोास र ८.५० प्रतिशत नगद लाभांश) अनुमोदन गरेको गरेको छ। बोनस वितरणसँगै बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँ पुगेको छ।

उक्त लाभांश साधारण सभाको बुकक्लोजको अघिल्लो दिन अर्थात पुस १३ गतेसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन्।