नक्कली भ्याट बिलको फन्दामा ६ व्यवसायी, राजश्वले चलायो मुद्दा

0
Shares

झुट्टा तथा नक्कली भ्याट विजक प्रयोग गरी राजस्व छली गर्ने ६ जना विरुद्ध १२ करोड ५७ लाख विगो कायम गरी राजश्ज अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ

विभागले काठमाडौं महानगरपालिका वडा नं १६ मा रहेको हाई वे लिंक प्रालिका सञ्चालक फिरोज मास्के, जनार्दन भण्डारी, भाईराजा श्रेष्ठ, देवराज अधिकारी र रोज ईन्टरप्राईजेजका प्रोप्राइटर फिरोज मास्के र वेष्ट वे सोलुसन प्रालिका संचालक देवराज अधिकारी समेतलाई मुद्दा दायर गरेको हो ।

मुद्दामा राजस्व चुहावट गरेको अभियोगमा १२ करोड ५७ लाख विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद माग दाबी लिई सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।

उनीहरुले मालवस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी नेपाल सरकारलाई तिर्नु पर्ने कर दायित्व नतिर्ने प्रपन्च जालसाजी गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको विभागको भनाई छ।