कुथेली बुखरीको सञ्चालकमा लक्ष्मण बहादुर श्रेष्ठ निर्वाचित

0
Shares

कुथेली बुखरी स्मल हाइड्रोपावरको सञ्चालकमा लक्ष्मण बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ अधिकांश कम्पनीहरूको आईपीओ बाँडफाँडमा बल तान्ने चर्चित व्यक्ति हुन् ।

कुथेली बुखरीको पुस २७ गते शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उनै श्रेष्ठ कम्पनीको सर्वसाधारण समुह तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् । आईपीओ बाँडफाँडको बल केही वर्षदेखि तान्दै आएका श्रेष्ठसँग सेयर बजारसम्बन्धी तीन दशक लामो अनुभव छ ।

कम्पनीको साधारण सभा जर्मन होम्स हस्पिटालिटी, गठ्ठाघरमा सम्पन्न भएको थियो । सभाले सभाले कम्पनीको नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने तथा अरु कम्पनीबाट समेत प्रवद्र्धन भई विकास निर्माण भइरहेका जलविद्युत आयोजनाहरुमा लगानी गर्ने निर्णय समेत गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, लेखापरीक्षण नियुक्त गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।