स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई ४-१ ले पराजित गर्दै रियलले सिजनको पहिलो उपाधि हासिल गरेको हो ।
पहिलो हाफमै भिनिसियस जुनियरले ह्याट्रिक पुरा गरेको खेलमा बार्सिलोनामाथि रियलले दबाबपूर्ण जित निकाल्यो । खेलको सातौं मिनेटमा नै जुनियरले गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाए । १० औं मिनेटमा अग्रता दोब्बर बनाएका उनले ३९ औं मिनेटमा पेनाल्टीमार्फत् ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफमा बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले ३३ औं मिनेटमा एक गोल गरेपनि फराकिलो हार टार्न पर्याप्त रहेन ।
दोस्रो हाफमा बार्सिलोनाका लागि झनै दुस्खपूर्ण रह्यो । रोड्रिगोले ६४ औं मिनेटमा चौंथो गोल गर्दा बार्सिलोनाका रोनाल्ड अरौजो भने ७१ औं मिनेटमा दोहोरो पंहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । गत नोभेम्बरमा साउदीको अल नासर किंग्स साउदी युनिभर्सिटी स्टेडियममा भएको खेलमा जुनियर ह्यामिस्ट्रिङ समस्यापछि पहिलो पटक उच्च लयमा देखिए ।
उनले रोनाल्डोको मैदानमा चर्चित ‘सिउ’ वाला सेलिब्रेसन गरेका थिए। रोनाल्डोको सेलिब्रेसनपछि उनले भने, ‘म यो सेलिब्रेसन रोनाल्डोप्रति नै डेडिकेटेड गर्न चाहन्छु । किनकि म उनको आदर्शबाट फुटबलर बनेको हुँ ।’
जितसँगै रियलले १३ औं पटक स्पेनिस सुपरकपको उपाधि जितेको छ। बार्सिलोनाभन्दा अब रियल १ उपाधि पछि छ । बार्सिलोनाले १४ सुपरकपको उपाधि जितेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया