ट्रम्पले डिजेल निर्यात रोक्ने संकेत गरेका हुन् ?


काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यातमा रोक्ने संकेत गरेका छन् । अमेरिकामा डिजेलको अभाव देखिन थालेपछि निर्यातमा प्रतिबन्ध लगाउने संकेत गरेका हुुन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपेली देशहरूलाई डिजेलको पर्याप्त भण्डार राख्न र आवश्यक परे बजारमा जारी गर्न आग्रह गरेपछि ट्रम्पको यस्तो धारणा आएको हो । अमेरिकी निर्यात रोकिए विश्वबजारमा डिजेलको आपूर्ति घटेर मूल्यमा थप दबाब पर्न सक्ने देखिएको छ ।

इरानमा जारी युद्धका कारण डिजेलको मूल्य बढिरहेका बेला अमेरिकाले निर्यात रोक्ने सम्भावना देखाएको हो । बढ्दो डिजेल मूल्य अमेरिकी किसान, ट्रकचालक र व्यवसायीका निम्ति समस्या बन्न थालेको छ ।

बिहीबार बेलायतले सम्भावित अमेरिकी निर्यात प्रतिबन्धको अवस्थामा आफ्नो डिजेल भण्डार बजारमा ल्याउने विषयमा युरोपेली साझेदारहरूसँग छलफल गरेको थियो ।

अमेरिका विश्वका प्रमुख डिजेल निर्यातकर्तामध्ये एक हो । उसले दैनिक करिब १२ लाखदेखि १५ लाख ब्यारेल डिजेल निर्यात गर्दै आएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।