आस्कमी म्यानेजमेन्टले नेपालमै पहिलो पटक अनलाईन जब फेयर आयोजना गर्ने

0
Shares

आस्कमी म्यानेजमेन्टले नेपालमै पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकको प्रमूख सहकार्यमा कपोरेट क्षेत्र (बैंक, बीमा, तथा संगठित संस्था) लाई लक्षित गरि अनलाईन जब फेयर (AskMe Virtual Job Fair 2020) सञ्चालन गर्ने भएको छ।

यहि माघ १५ र १६ गते (जनावरी २९ र ३०) दुई दिनसम्म आयोजना हुने यस जब फेयरमा कम्तिमा १ लाख जब सिकरहरुले अनलाईन प्ल्याटफर्म भिजिट गर्ने लक्ष्य लिइएको कम्पनीका व्यबस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्री बताउँछिन्।

क्षेत्रीका अनुसार यो नेपालको लागी बिल्कुलै नयाँ कन्सेप्ट रहेको र यस मेलामा १०० भन्दा बढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्ने लक्ष्य लिइएको छ। कुनै पनि कम्पनीले यस प्ल्याटफर्ममा अनलाईन स्टल राख्न चाहेमा कम्पनीको वेवसाइटमा जानुपर्नेछ र सजिलैसँग अनलाईन स्टल राख्न सक्ने बताइएको छ।

यस मेला आयोजनाबाट कर्मचारी भर्ना गर्ने कम्पनीले आफुले चाहे जस्तो कर्मचारी पाउने देखिन्छ भने यस प्ल्याटफर्म मा विदेशमा रहेका नेपालीहरु जो उपयुक्त जागिर पाएमा स्वदेश फर्कन चाहन्छन् उनीहरुका लागि पनि सुवर्ण अवसर हुने निर्देशक अर्चना कुँवर क्षेत्री बताउँछिन्।

यसको प्रमुख फाईदा भनेको देशभरिका मानिसहरुले एकै साथ यो प्ल्याटफर्ममा भिजिट गरि उनिहरुलाई सुहाउँदो जागीरको लागि मोबाईल वा कम्प्युटरबाटै आवेदन दिन सकिनेछ र कतिपय कम्पनीहरुले अनलाईन अन्तरर्वाता लिएर पनि कर्मचारी हायर गर्ने योजना रहेको छ।

मेलामा इसेवा, फोन पे, लोन प्लस डिपोजिट डट कम जस्ता कम्पनीहरुले पनि सहकार्य गरेका छन्।