गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश पारित

0
Shares

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको मंगलबार अठारौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आ.व.२०७५/०७६ को नाफाबाट ६.५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान हुने गरि पारित गरेको छ।

गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा सम्पन्न भई भएको सभाले श्रीमान श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति चयन गरेको छ । अन्य सञ्चालकमा सञ्चालक सरोजनी श्रेष्ठ, सञ्चालक डा.रेश्मी श्रेष्ठ, सञ्चालक राजेश मानन्धर र सञ्चालक किर्तिनाथ मास्के तथा किर्तिनाथ मास्के साधारण सभाबाट स्वतन्त्र सञ्चालक चुनिएका छन्।

चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सबाट हालसम्म निक्षेप ४ अर्ब २३ करोड तथा कर्जा ३ अर्ब ४८ करोड प्रवाह भएको छ।

यस संस्थाको प्रधान कार्यालय हरिहर भवन ललितपुर, चुच्चेपाटी चावहिल, कान्तिराज पथ हेटौंडा, आदर्श नगर वीरगंज, चारआली चोक बिर्तामोड, कलैया बजार बारा, थानारोड दमक, मेनरोड जीतपुर, कदम चोक जनकपुर, सहिद चोक नारायणगढ, देवकोटा चोक भैरहवा,अमरपथ बुटवल, दुर्गा चोक चन्दनीगाहपुर, पशुपति प्लाजा न्यूरोड काठमाडौं, टंगल ललितपुर, खैरेनी, एक्टेन्सन काउण्टर सिमरा बारा, गरी हाल सम्म १६ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ।

फाइनान्सले १ वटा एक्टेन्सन काउण्टर रहेकोमा थप शाखा कार्यालयहरु समेत खोल्ने तयारी गरेको जनाएको छ।