पाथीभरामा एक महिनाको भेटी ३५ लाख सङ्कलन


ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख रुपैयाँ भन्दा बढी भेटी रकम सङ्कलन भएको छ ।

पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाख रुपैयाँ भन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिएका छन् ।

उनका अनुसार पुसमा मात्र कूल ३५ लाख २९ हजार रुपैयाँ भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।