शुभश्री कलेजको एससीएम कम्युनिटी क्लबद्वारा सामुदायिक विद्यालयलाई पुस्तक सहयोग


शुभश्री कलेज अफ म्यानेजमेन्ट कम्युनिटी क्लबले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका लागि पुस्तक उपलब्ध गराउन नगद सहयोग गरेको छ । बुधबार मध्य बानेश्वरस्थित कलेजमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले संकलन गरेको रकम यु डब्लु एस र किताब बजारका प्रतिनिधिलाई पुस्तक खरिद गर्नका लागि हस्तान्तरण गरिएको हो ।

यु डब्लु एस नेपाल र किताब बजारसँगको सहकार्यमा क्लबले सहयोग गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा एससीएम कम्युनिटी क्लबकी अध्यक्ष सुप्रिया राजभण्डारी लगायतका क्लबमा आवद्ध विद्यार्थीहरुले सामुदायिक विद्यालयका लागि पुस्तक खरिद गर्न १३ हजार ६०० रुपैयाँ नगद यु डब्लु एस नेपाल र किताब बजारका प्रतिनिधिलाई हस्तान्तरण गरेकी हुन् । यु डब्लु एस नेपालका प्रतिनिधि सविन रिमाल र सम्पदा उप्रेती तथा किताब बजारका प्रतिनिधि प्रिनिषा वैद्य र अमर शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको विद्यार्थीहरुले जनाएका छन् ।

कार्यक्रममा कलेजकी प्रिन्सिपल मनिता ओलीले विद्यार्थीहरुकै अग्रसरतामा राम्रो काम भएको भन्दै यसका लागि आफूले व्यक्तिगत रुपमा र कलेजले पनि प्रोत्साहन गरिरहने बताएकी थिइन् ।

एससीएम कम्युनिटी क्लबले यसअघि रक्तदान, स्वास्थ्य शिविर तथा पशुपति क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको थियो ।

ब्याचलर्स इन होटल मेनेजमेन्ट बीएचएम र ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेशन बीबीएमा अध्यापन गराउँदै आएको शुभश्री कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो ।

शुभश्रीमा ब्याचलर्स अफ कम्प्युटर इन्फरमेशन सिष्टम र माष्टर्स अफ बिजनेश एडमिनिष्ट्रेसनको पनि अध्ययन हुने कलेजकी प्रिन्सिपल ओलीले जानकारी दिइन् । डी.भी.एजुकेशन नेटवर्कको भगिनी संस्था शुभश्रीले व्यसायिकतामा नयाँ आयाम ल्याउन आफ्नो शिक्षण पद्धतिमा आमुल परिवर्तन ल्याएको उनको भनाई थियो । शुभश्रीले उत्कृष्ट पूर्वाधार, नवीनता, सीपमा आधारित ज्ञान र भविष्यमा जब प्लेसमेन्टसहित सिकाइको अनुकूल वातावरण प्रदान गर्ने उनले कार्यक्रममा दाबी गरेकी छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।