व्यक्तिगत कर्जाका लागि कर योग्य आयको मात्रै चुक्ता प्रमाणपत्र

0
Shares

नेपाल राष्ट्र बैंकले व्यक्तिगत गैर व्यवसायिक कर्जाका लागि कर योग्य आयको मात्र कर चुक्ता प्रमाणपत्र हुने व्यवस्था गरेको छ । यसभन्दा अघि केन्द्रीय बैंकले कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको थियो ।

केन्द्रीय बैंकले कर चुक्ता प्रमाणपत्र बुझउनु पर्ने व्यवस्थालाई थप ब्याख्या गरी कर योग्य आयको कर चुक्ता गरेको प्रमाण बुझाउन पर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गदै कर नलाग्ने आम्दानीको कर चुक्ता प्रमाण आवश्यक नपर्ने जनाएको छ ।

केहि साता अघि केन्द्रीय बैंकले व्यक्तिगत तथा गैर–व्यवसायिक कर्जामा कडाई गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा, तथा हायर पर्चेज कर्जा लगायतका किस्तामा आधारीत कर्जा प्रवाहमा कडाई गरेको थियो ।

राट्र बैंकले बैंक वित्तीय संस्थाले ऋणीको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत सीमामा कायम गरेर मात्र गैर व्यवसायिक व्यक्तिगत कर्जा प्रदान गर्न भनेको थियो ।

त्यस्ता प्रकृतिका कर्जा दिदा बैंक तथा वित्तीय संस्थाले ऋणीको आय स्रोत खुल्ने प्रमाणित कागजात संलग्न हुनुपर्ने व्यवस्था गरेको थियो । त्यसका साथै ऋणीले पेश गरेको आम्दानीको स्रोतमा कर चुँक्ता र दाखिला गरेको वा अद्यावधिक कर चुक्ता प्रमाणपत्रको आधारमा मात्र ऋणीको वार्षिक कुल आय गणना गर्नु पर्ने व्यवस्था गरेको थियो ।

केन्द्रीय बैंकका अनुसार ऋणीले पेश गरेको आम्दनी मध्ये कर तिर्नु आयको हकमा कर चुक्ता/दाखिला गरेको र अद्यावधिक कर चुक्ता प्रमाणपत्रको आधार ऋणीको बाषिर्क कुल आय गणना गर्नुपर्ने व्यवस्था गरेको हो ।