सिटिजन्स बैंकद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चौदण्डीगढी नगरपालिका ०८, उदयपुर स्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरुको आर्थिक अवस्था सबल नभएका कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ भएको भन्दै बैंकले न्यानो स्वेटर प्रदान गरेको जनाएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच कक्षा नर्सरीदेखी कक्षा १० सम्मका १९१ विद्यार्थीहरुलाई स्वेटर प्रदान गरिएको हो ।

यसका साथै सिटिजन्स बैंक कालिकानगर शाखा , बुटवलले पनि स्थानीय श्री मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । चिसो मौसमका कारण न्यानो कपडाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाखभन्दा बढीलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।