‘निजी क्षेत्रलाई त्रशित मनस्थितिमा राखी आर्थिक उन्नति हुन सक्दैन’ : प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री के.पी.शर्मा ओलीले निजी क्षेत्रलाइ त्रशित मनस्थितिमा राखी आर्थिक उन्नति हुन सक्दैन भन्नेमा सरकार बिश्वस्त रहेको बताएका छन्।

नेपाल चेंम्वर अफ कमर्सका पदाधिकारी एवं कार्य समिति पदाधिकारीहरुको भेटमा प्रधानमन्त्री ओलीले बताएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महा अभियानमा समर्पित वर्तमान सरकारको प्रयासलाइ आआफ्नो क्षेत्रबाट भरपुर सहयोग र सघाउन आग्रह गरे ।

उनले उद्योग, वाणिज्य एवं आर्थिक क्षेत्रमा भएका समस्याहरु सम्वोधन गर्न हामी प्रयासरत रहेको बताउदैै अनावश्यक खर्चमा कटौती गरी निष्क्रिय सम्पतिलाइ उत्पादनशील एवं रोजगारमूखी कार्यमा लगानी गर्न सवैलाइ आग्रह गरे ।

सरकार उद्यमीरव्यवसायीको सहयोगी हो तर निजी क्षेत्रले पनि आफ्नो इमान्दारीता कायम राख्नु पर्ने प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री ओलीले नयां संरचनामा रुपान्तरण हुंदा समस्याहरु अवश्यै उत्पन्न हुन्छन र हामी कहांँ पनि समस्या हुंदै नभएको भन्ने होइन तर क्षेत्रगत रुपमा ती समस्याहरु निराकरण गरी सम्वोधन गर्न सरकार इमान्दारीका साथ प्रयासरत रहेको बताए ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अहिलेको सन्दर्भमा राजनीतिक बिकेन्द्रीकरण उपयुक्त भए पनि आर्थिक बिकेन्द्रीकरणले व्यवसायीक लागत वढाएको गुनासो गरे ।

करका दर बढदा अनाधिकृत व्यापार वढने भएकोले यसको प्रत्यक्ष भार उपभोक्ता मूल्य सूचीमा पर्ने व्यहोरा जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले औद्योगिक प्रवद्र्धन समितिको भूमिका प्रभावकारी हुनु पर्ने, व्यवसायीहरुलाइ आर्थिक अपराधमा आर्थिक सजायमात्र हुनु पर्ने र लगानीलाइ वढाउन सम्पतिको अभिलेखीकरण हुनु पर्नेमा जोड दिए।

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु तथा बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।